आज पशुपतिनाथमा लाग्ने बाला चतुर्दशी मेलाको तयारी पूरा

मंसिर २ काठमाडौं ।
आज पशुपतिनाथमा लाग्ने बाला चतुर्दशी मेलाको तयारी पूरा भएको छ।

प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा दिवङ्गत पितृको सद्गतिको कामना गर्दै मनाइने पशुपतिनाथ मेला लाग्दैछ।

त्रयोदशीको बिहानदेखि भेला भएका भक्तजनले बेलुकी विधिपूर्वक पितृका नाममा बत्ती बाल्ने गर्दाछन्।

त्रयोदशीको बेलुकीदेखि पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले चतुर्दशीको बिहानै पितृको सद्गतिको कामना गर्छन्।

बाला चतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट आएका भक्तजनले बत्ती बाल्न बस्ने ठाउँ रोक्न बिहानैदेखि भक्तजनको पशुपतिमा भीड लाग्ने गरेको छ।

जाडोको मौसम भएकाले पाल लगायत व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *