मुस्ताङको कोरला नाका गृह र अध्यागमनको टोलीद्वारा अवलोकन

कात्तिक २४ काठमाडौं।
मुस्ताङको कोरला नाका गृह र अध्यागमनको टोलीद्धारा अवलोकन गरेको छ।

आज गृह मन्त्रालय र अध्यागमन विभागको टोलीले मुस्ताङ कोरला नाकाको अध्ययन अवलोकन गरेको हो।

नेपाल–चीन सीमामा रहेको कोरला नाकाको विषयमा टोलीले जानकारी लिँदै अध्यागमन कार्यालय र भन्सार कार्यालयको निरीक्षण समेत गरेको जनाएको छ।

कोरला नाकालाई अन्तर्राष्ट्रिय नाकाको रूपमा विकास गर्ने र पर्यटन मार्गको रूपमा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।

गृह र अध्यागमन विभागको टोलीले लोघेकर दामोदर कुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्ट र कोरलास्थित अध्यागमन कार्यालयका प्रमुख प्रवेश बडुवाल बाट नाकाको विषयमा जानकारी लिएको जनाएको छ।

यस्तै गृह र अध्यागमन विभागको टोलीले लोमान्थाङ–२ न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालय र सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपी) भवनको निरीक्षण गरेको जनाएको छ।

लोमान्थाङस्थित इलाका प्रशासन कार्यालयलाई अध्यागमन कार्यालयसँगै व्यवस्थापन गर्ने गरी प्रारम्भिक छलफल भएको जनाएको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *