छठ पर्वको मुख्य दिन विधिपूर्वक अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै

कात्तिक १० काठमाडौं ।
आज छठ पर्वको मुख्य दिन विधिपूर्वक अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै छ।

कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ दिई समापन गरिदै छ।

शनिबादर देखि सुरु भएको छठ पर्व आज बिहानै स्नान गरी दिनभर निर्जल व्रत गरेका वर्तालुले बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ दिने व्रत विधि रहेको छ।

कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने, दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाई बर्तालुले प्रसादस्वरुप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ।

गुह्येश्वरी गौरी घाट छठ पूजा समिति गुह्येश्वरीको अनुसार यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिने विधि विधान रहेको जनाएको छ।

आज छठ पर्वका लागि राजधानीको गुह्येश्वरी बाट गौरीघाट क्षेत्र, कमलपोखरी लगायत वागमती, नख्खु र विष्णुमती लगायत नदी किनारमा सजावट गरिएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *