निर्वाचन आयोगले पठायो दलहरुलाई निर्वाचन सम्बन्धी छलफलका लागि पत्र

असोज २२ काठमाडौं।
निर्वाचन आयोगले निर्वाचन सम्बन्धी छलफलका लागि राजनीतिक दलहरुलाई पत्र पठाएको छ।

आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनसम्बन्धी छलफलका लागि यहि असोज ३० गते दललाई बोलाएको आयोगले जनाएको छ।

निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनसम्बन्धी छलफलका लागि असोज ३० गते राजनीतिक दललाई छलफलका लागि बोलाएको हो।

आयोगले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तथा गत निर्वाचनमा कम्तीमा एक वडा सदस्यसम्म विजय हासिल गर्ने राजनीतिक दललाई आसन्न निर्वाचनको तयारीबारे छलफलमा आउन पत्राचार गरेको जनाएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *