असोज ८ काठमाडौं ।
आज राष्ट्रपति रामचन्द्र पौडेल बाट मतदाता नामावली ऐन संशोधन सम्बन्धी अध्यादेश जारी गरेका छन्।
फागुन २१ गते हुने निर्वाचनका लागि संविधानको धारा ११४को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेका हुन्।
मतदाता नामावली ऐन २०७३ को दफा ४ को उपदफा २ को २ मा भएको व्यवस्था संशोधनका लागि अध्यादेश ल्याइएको जनाएको छ।
निर्वाचनको मिति घोषणा भइसकेपछि निर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गरिने छैन।
Post Views: 62