मनाङ प्रदेशसभा निर्वाचन क्षेत्र (२) को उपनिर्वाचन कात्तिक १७ गते हुने

भदौ २० काठमाडौं ।
मनाङ प्रदेशसभा निर्वाचन क्षेत्र (२) को उपनिर्वाचन कात्तिक १७ गते हुने भएको छ।

निर्वाचन आयोगको अनुसार मनाङमा कात्तिक १७ गते नै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा निर्वाचन क्षेत्र (२) को उपनिर्वाचन हुने जनाएको छ।

निर्वाचन आयोगकोमा बसेको बैठकले मनाङ–२ प्रदेशसभा सदस्य रिक्त पदका लागि उपनिर्वाचनको कार्यतालिका सहित जिल्ला निर्वाचन कार्यालयलाई पत्र पठाएको हो।

यस अघि आयोगले प्रतिनिधि सभा सदस्यको लागि रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचन पनि कात्तिक १७ गते गर्ने निर्णय गरेको थियो।

निमित्त निर्वाचन प्रमुख अधिकृत गोविन्दप्रसाद अर्यालको अनुसार मनाङको उपनिर्वाचन कार्यातालिका अनुसार २०८२ साल भदौ १३ गते बाट निर्वाचन अवधि सुरु हुने जानकारी दिएका हुन्।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *