भाद्र १६, काठमाडौं
धरान उप-महानगरपालिकाका स्वतन्त्र मेयर हर्क साम्पांग राजनीतिक दल संगठन बिस्तारमा सरिक भएका छन् l आज काठामाडौं स्थित कालिकास्थान साँस्कृतिक संघ भवमा भएको भेटघाट तथा संगठन बिस्तार कार्यक्रममा हलको भिडमा राजनीतिक दल खोलिनु पर्ने कारण र उक्त संगठन बिस्तारमा सरिक हुन सबैलाई आव्हान गरेका छन l
युवाहरुको बाक्लो उपस्थितिमा त्रिभुवन विमानस्थल देखि नेपालको झण्डा, बाईक र्याली गर्दै मेयर हर्क साम्पांग लाई कार्यक्रम स्थलसम्म लागिएको थियो l आदार सत्कार गर्न तछाड मछाड देखिएको हलमा मेयर साम्पंगले सुरुवाति दिनका तिता मिठा पल सम्झना गर्दै सम्बोधन गरेका थिए l
सम्बोधनका क्रममा कविता पनि सम्झिदै स्थानीय प्रमुख सम्म बन्दा धेरैले विश्वास नगरेको, होच्याएको, गोरु गधा भन्दै अपमान गरेको तर पनि बिचलित नभई अघाडी बढिरहेको बताए l
युवा श्रम मुखी हुनु पर्ने चाकडीबाट टाढारहनु पर्ने आसय मेयर साम्पांगले बताएका छन् l हलको जय जयकार बीच यो घुसखोरी, भ्रस्टाचार, बेथिति अन्त्य हुनुपर्ने र त्यो गर्न स्थानीय तथा एक्लै मात्र जितेर नहुने हुदाँ पार्टी खोल्नु परेको बताएका छन् l नीति नियम बनाउने तहमा गएर बिबिध झन्जटिला संबिधान परिवर्तन गरेर सजिलो तरिकाबाट जनताले सेवा पाउनु पर्ने बताएका छन् l
श्रम गरेरै सफल भएको सम्झिदै औजार चलाउने हात बन्दुक बोक्न समेत आट गर्नु पर्ने मेयर साम्पांगले बताएका छन्