भदौ १३ काठमाडौं ।
मनाङ क्षेत्र नम्बर १ मा उपनिर्वाचनको मिति तोकिएको छ।
मनाङ क्षेत्र नम्बर १ बाट निर्वाचित राजीव गुरुङ (दीपक मनाङ्गे) उपर ज्यान मार्ने उद्योग मुद्दा फैसला भएपश्चात् उक्त प्रदेश सभा सदस्य पद रिक्त रहेको छ।
निर्वाचन आयोगले मनाङ क्षेत्र नम्बर १ को प्रदेशसभा–२ का लागि उपनिर्वाचनको मिति तोकेको हो।
कात्तिक १७ गते उपनिर्वाचन हुनेगरी मिति तोकिएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जनाएका छन्।
Post Views: 64