निजामती विधेयक माथि दफावार छलफल हुँदै

भदौ ११ काठमाडौं ।
आज निजामती विधेयक माथि दफावार छलफल हुँदै छ।

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा संघीय निजामती सेवा विधेयक २०८० माथि दफावार छलफल हुने भएको हो।

गत साउन ६ गते बसेको राष्ट्रिय सभाको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले प्रतिनिधिसभा बाट सन्देशसहित प्राप्त संघीय निजामती सेवा विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन्।

सोहि अनुसार विधेयक माथि छलफल गर्नका लागि समितिको बैठक आज बिहान साढे ११ बजे बस्दै छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *