पोखराको पामेबाट हट एयर बेलुन उडान सुरु हुँदै

भदौ ४ काठमाडौं ।
पोखराको पामेबाट हट एयर बेलुन उडान सुरु हुने भएको छ।

मौसमको कारण स्थगित भएको पोखराको हट एयर बेलुन पुनः सञ्चालनमा आउने भएको हो।

पछिल्लो समय साहसिक खेल हट एयर बेलुन पर्यटकको रोजाइमा परेको बेलुन नेपालका अध्यक्ष बिक्रम बाडेले बताएका छन्। कम्पनीले करिब ९ हजार फिट माथिसम्म हट एयर बेलुनमा उडान गर्दै आएको छ।

बेलुन नेपालका अनुसार हट एयर बेलुन उडान भदौ ३० देखि पुनः सञ्चालनमा ल्याउन लागिएको जानकारी दिएका छन्।

बेलुनबाट माछापुच्छ्रे, अन्नपूर्णलगायतका हिमालहरू, पूर्ण आकारको फेवाताल, पुम्दिकोट महादेव, सराङकोट, मान्द्रेढुङ्गाबाट उड्ने प्याराग्लाइडिङ तथा पोखरा उपत्यका आसपासको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ।

पोखराको पामेबाट हट एयर बेलुन उडान बिहान र बेलुकी गरी दुई सिफ्टमा बेलुन उडाइने जनाएको छ। हट एयर बेलुनमा उड्नका लागि नेपाली पर्यटकलाई ११ हजार रुपैयाँ, सार्क मुलुकका पर्यटकका लागि १२० डलर र अन्य मुलुकका लागि १५० डलर शुल्क लाग्ने छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *