चिनियाँ टोली बोनम्यारो प्रत्यारोपण केन्द्र सञ्चालनबारे बुझ्न चितवन

साउन ३० काठमाडौं ।
चिनियाँ टोली बोनम्यारो प्रत्यारोपण केन्द्र सञ्चालन सम्भावना बारे बुझ्न चितवनमा आएको छ।

नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापना गर्ने ७ सदस्यीय चिनियाँ टोली भरतपुर आएका हुन्। चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापना गर्ने तयारी रहेकाे अस्पतालका कार्यकारी निर्देशक डा.शिवजी पौडेलले जनाएका छन्।

क्यान्सर अस्पतालमा आएर बिरामीलाई सेवा दिने १५ औं टोलीका प्रमुख रहेका डा.चाहु क्वीमिङ्गको नेतृत्वमा सात जना विज्ञ टोली अस्पतालमा आएर सघन उपचार कक्ष, रेडिएसन अंकोलोजी, प्रयोगशाला, मेडिकल अंकोलोजी लगायतका विभागको अहिलेको अवस्था र यस बाट बोनम्यारो प्रत्यारोपणमा हुनसक्ने सहयोगबारे अध्ययन गर्ने छन्।

बीपी कोइराला क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपणको कामलाई यथाशक्य छिटो थालनी गर्ने गरी काम अगाडि बढाउने बातावरण तयार गरिने पस्पताल सञ्चालक समितिका अध्यक्ष डा. विजय न्याैपानेले बताएका छन्।

क्यान्सर अस्पतालमा १ हजार ८३४ वर्गमिटर क्षेत्रमा बोनम्यारो क्यान्सर उपचार केन्द्रको निर्माण तथा आवश्यक उपकरण जडान हुने छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *