साउन २७ काठमाडौं ।
आज बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत लिँदै छन्।
नेपाली कांग्रेसका प्रदेश सभा सदस्या इन्द्रबहादुर बानियाँले आफ्नै पार्टीका नेता बहादुर सिंह लामालाई हटाएर साउन २० गते मुख्यमन्त्री नियुक्त भएका थिए।
बानियाँ आफ्नै पार्टीका नेता बहादुर सिंह लामालाई अविश्वासको प्रस्तावले हटाएर मुख्यमन्त्री बनेका हुन् । जस अनुसार आज विश्वासको मत लिदै छन्।
विश्वासको मत लिनका लागि आज दिउँसो ४ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ । बानियाँलाई विश्वासको मत दिन नेपाली कांग्रेस र एमालेले ह्वीप लगाएका छन्।
संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा बैठक बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ।
Post Views: 10