साउन १८ काठमाडौँ ।
नेपाल र श्रीलंकाबीच व्यापार तथा लगानी अभिवृद्धिका लागि रणनीतिक साझेदारीको सम्झौता भएको छ।
श्रीलंकाका लागि नेपाली राजदूत डा.पूर्णबहादुर नेपालीको उपस्थितिमा सम्झौता पत्रमा एनसीसीका तर्फबाट अध्यक्ष कमलेशकुमार अग्रवाल र एसएलसीएसएमआईका तर्फबाट अध्यक्ष रोहन डी शिल्भाले सम्झौतमा हस्ताक्षर गरेका छन्।
श्रीलंकास्थित नेपाली राजदूतावासको समन्वयमा नेपाल चेम्बर अफ कमर्स एनसीसी र श्रीलंकन चेम्बर अफ स्मल एन्ड मिडियम इन्टरप्राइजेज (एसएलसीएसएमआई) बीच साना तथा मझौला उद्यम प्रवद्र्धनका लागि रणनीतिक साझेदारीको सम्झौता भएको जनाएको छ।
चेम्बरद्धारा जारी विज्ञप्तिमा उल्लेख भए अनुसार दुई संस्थाबीच साना तथा मझौला उद्यमहरुको प्रवद्र्धन, दुईदेशीय व्यापार एवं लगानीको अवसर तथा नेपाल श्रीलङकाको निजी क्षेत्रबीच व्यापार सहजीकरण गर्ने विषयमा सम्झौता भएको जनाएको छ।
दुवै देशका चेम्बर प्रतिनिधिहरूबीच द्विपक्षीय भेटवार्ता, साना तथा मझौला उद्यममा द्विपक्षीय लगानी, नीतिगत व्यवस्था, क्षमता अभिवृद्धि कार्यक्रम, प्रशिक्षण, कार्यशाला गोष्ठीजस्ता विषयमा सहकार्य गर्ने विषयमा सम्झौता सहकार्य हुने जनाएको छ।