साउन १२ काठमाडौँ ।
राष्ट्रपति पौडेलद्धारा दुई देश केन्या र जिम्बाब्वेका लागि गैरआवासीय राजदूत नियुक्त गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले दक्षिण अफ्रिकाका लागि नेपालका आवासीय राजदूत प्रा.डा. कपिलमान श्रेष्ठलाई केन्या र जम्बाब्वेका लागि राजदूत पदमा नियुक्त गरेका हुन्।
राष्ट्रपतिको कार्यालयको अनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा श्रेष्ठलाई नियुक्त गरेको जनाएको छ।
Post Views: 4