साउन ६ काठमाडौं ।
आज सेयर बजार नेप्से परिसूचक २९७३.७० अंक कायम भएको छ। सेयर बजार ८०.९७ अंकले बढेर नेप्से परिसूचक २९७३.७० अंकमा कायम भएको हो।
सेयर बजार आज २० अर्ब ८ करोडको भएको छ। उत्पादन तथा प्रशोधन ४.६३, जीवन बीमा ४.३६, माइक्रोफाइनान्स ४.०७ प्रतिशत, बैंकिङ २.१०, विकास बैंक २.२६, फाइनान्स १.९४, होटल तथा पर्यटन ३.४४, हाइड्रोपावर १.९०, लगानी ३.२४, निर्जीवन बीमा २.५६, अन्य ३.२६ तथा व्यापार १.०१ प्रतिशत बढ्यो।
१० प्रतिशत बढेका कम्पनीमा ट्रेड टावर, सान्भी इनर्जी र शिवम् सिमेन्ट रहेका छन्। भने उन्नति सहकार्य लघुवित्तको ९.९०, विन्ध्यबासिनी हाइड्रोपावरको ९.७६, सोनापुर सिमेन्टको ८.७७, इनिफिनिटी लघुवित्तको ८.३६ प्रतिशत मूल्य बढ्यो।
बोटलर्स नेपाल बालाजुको २.४६, ग्रिन डेभलपमेन्ट बैंकको २.१९ तथा पन्चकन्या माइ हाइड्रोपावरको २.०३ प्रतिशत मूल्य घट्यो।
Post Views: 4