साउन ४ काठमाडौं ।
चितवनमा वन्यजन्तु संरक्षण र प्रदूषण नियन्त्रण सम्बन्धी सचेतना कक्षा सञ्चालन गरिएको छ।
भरतपुर महानगरपालिका–२२ को पटलहरामा वन्यजन्तु, बासस्थान संरक्षण र प्रदूषण नियन्त्रणसम्बन्धी सचेतना कक्षा सञ्चालन गरिएको हो।
पाठशालामा बढ्दो प्रदूषणले गर्दा वन्यजन्तु, जलचर, नदीमाथि भइरहेको असर वन्यजन्तुको जानकारी, बासस्थान, आहारा, जीवन र आनीबानीबारे बालबालिकालाई प्रशिक्षण दिइएको छ चितजन वन्यजन्तु संरक्षण विभागले जनाएको छ।
नदी, सिमसार, ताल, नदीमा आश्रित चराहरूको अवस्था, वन, नदी र जलाधार क्षेत्रमा प्लाष्टिकजन्य फोहरमैलाको कारणले सृजना गरेका नकारात्मक असरलाई न्यूनीकरण गर्न र जलवायु परिवर्तनबारे बालबालिकालाई सकारात्मक र जिम्मेवार बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाएको छ।
Post Views: 7