साउन ३ काठमाडौं ।
बंगलादेशमा जारी साफ यू–२० माहिला च्याम्यिनसिपको पाँचौँ खेल नेपालले आज भुटानसँग खेल्दै छ। साफ यू–२० महिला च्याम्पियनसिपको पाँचौं खेलमा भुटानसँग खेल्दै भएको हो।
खेल बसुन्धरा स्पोट्र्स मैदानमा नेपाली समय अनुसार दिउँसो पौने ३ बजेदेखि सुरु भएको छ। नेपालले आफ्नो पहिलो खेलमा गत शुक्रबार भुटानलाई ६–१ गोलअन्तरले हराएको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ३–२ गोलअन्तरले पराजित भएको थियो।
भुटानले हालसम्म नेपालसँग १ खेलमा बंगलादेशसँग २ खेलमा हार बेहोर्दा श्रीलंकालाई हराएको छ। प्रतियोगितामा बंगलादेश ४ खेलमा १२ अंकसहित शीर्षस्थानमा छ भने ४ खेलमा ९ अंक भएको नेपाल दोस्रो र ३ अंक मात्र भएको भुटान तेस्रो स्थानमा रहेको छ।
Post Views: 2