घोडाघोडी तालमा हरिहाँसको संख्या घट्दो

असार ३० काठमाडौं ।
विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी तालमा हरिहाँसको संख्या घट्दा रहेको छ। नेपाल पक्षी संरक्षण सघंले असार २४ देखी २६ सम्म गरेको गणनामा हरिहाँसको संख्या घटेर १२६ पुगेको जनाएको हो।

जुन अघिल्लो वर्ष २२५ रहेको हाँसको संख्या कम पाईएको जनाएको छ। प्राकृतिक बासस्थानको विनाश, मानवीय गतिविधि र कृषिमा विषादी प्रयोगजस्ता कारणले हरिहाँसको सङ्ख्या घट्दै गएको बताइएको छ।

डिभिजन वन कार्यालय पहलमानपुरको समन्वयमा नेपाल पक्षी संरक्षण सङ्घ (बिसिएन) ले हरिहाँसको सङ्ख्या र अवस्था अद्यावधिक गर्ने उद्देश्यले घोडाघोडीमा हरिहाँस गणना गरेको थियो।

गर्मी र जाडोमा गरी वर्षमा दुईपटक हरिहाँसको गणना गरिन्छ। गर्मीयाममा घोडाघोडीका हरिहाँस ब्रिडिङका लागि ‘कैलालीको भजनी नगरपालिका–९ स्थित सिमसार क्षेत्र लौकाहाभौकाहा, घोरताल, सोनिया रुपियाँमा हरिहाँसले ब्रिडिङ गरेको पाइएको छ।

घोडाघोडी ताल तराईकै ठूलो सिमसार क्षेत्रका रूपमा रहेको छ। भने सन् २००३ मा घोडाघोडीलाई विश्व रामसार क्षेत्रमा सूचीकृत गरिएको छ। चराको उचित बासस्थान रहेकाले पनि यस क्षेत्रलाई २०७८ फागुन २७ गते नेपालकै पहिलो चरा अभय आरण्य क्षेत्र घोषणा गरिएको थियो।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *