असार २९ काठमाडौं ।
अर्थ मन्त्रालयले सार्वजनिक निकायबाट हुने भुक्तानीलाई विद्युतीय प्रणालीमार्फत गर्न परिपत्र गरेको छ।
मन्त्रालयले सार्वजनिक निकाय बाट हुने सबै प्रकारका भुक्तानीलाई अनिवार्य रुपमा विद्युतीय प्रणालीमार्फत गर्ने व्यवस्था मिलाउन परिपत्र गरेको हो।
आर्थिक वर्ष २०८२, ८३ को बजेट वक्तव्यमा उल्लेख भए अनुसार अर्थ मन्त्रालयले साउन १ गतेदेखि सबै निकायबाट हुने भुक्तानीलाई अनिवार्य गर्न परिपत्र जारी गरेको हो।
विद्युतीय प्रणाली मार्फत भुक्तानी गर्ने व्यवस्था मिलाउन सबै मन्त्रालय, नेपाल राष्ट्र बैंक, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरुलाई परिपत्र गरेको जनाएको छ।
Post Views: 5