असार २९ काठमाडौं ।
आजको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण भएको छ। अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५९ पैसा निर्धारण भएको छ।
स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपैयाँ ९७ पैसा र बिक्रीदर १७२ रुपैयाँ ७२ पैसा, युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ १२ पैसा र बिक्रीदर १६० रुपैयाँ ८२ पैसा अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २१ पैसा र बिक्रीदर ९० रुपैयाँ ६० पैसा तोकिएको छ।
युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ २० पैसा र बिक्रीदर १८६ रुपैयाँ ०१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ११ पैसा र बिक्रीदर १९ रुपैयाँ २० पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ०६ पैसा र बिक्रीदर १०० रुपैयाँ ५० पैसा निर्धारण भएको छ।
सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ ०४ पैसा र बिक्रीदर १०७ रुपैयाँ ५० पैसा, जापानी येन १० को खरिददर नौ रुपैयाँ ३२ पैसा र बिक्रीदर नौ रुपैयाँ ३६ पैसा,साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६९ पैसा तोकिएको छ।
कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७५ पैसा, थाइ भाट एकको खरिददर चार रुपैयाँ २२ पैसा र बिक्रीदर चार रुपैयाँ २४ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ३० पैसा र बिक्रीदर ३७ रुपैयाँ ४६ पैसा छ।
त्यस्तै मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ २१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३६ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ९६ पैसा र बिक्रीदर १० रुपैयाँ ०१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४ रुपैयाँ ४२ पैसा तोकिएको छ।
डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ४६ पैसा र बिक्रीदर २१ रुपैयाँ ५५ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४५ पैसा र बिक्रीदर १७ रुपैयाँ ५३ पैसा, कुवेती दिनार एकको खरिददर ४४८ रुपैयाँ २४ पैसा र बिक्रीदर ४५० रुपैयाँ २० पैसा निर्धारण भएको छ।
बहराइन दिनार एकको खरिददर ३६३ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ९७ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३५७ रुपैयाँ ४० पैसा, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।