सेयर बजार नेप्से परिसूचक २७०५.९० बिन्दु कायम

असार २५ काठमाडौं ।
सेयर बजार नेप्से परिसूचक २७०५.९० बिन्दु कायम भएको छ। आज नेप्से परिसूचक दोहोरो अंकले बढेपनि कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन्।

आज ६ अर्ब ५७ करोड मूल्य बराबरको कारोबार भएको छ। बरुण हाइड्रोपावरको सेयर सर्वाधिक ६.२१ प्रतिशतले बढ्यो।

कारोबार रकमका आधारमा राधी विद्युत शीर्षस्थानमा सो कम्पनीको ४६ करोड ७१ हजार मूल्य बराबरको सेयर कारोबार, बुटवल पावरले ३६ करोडको सेयर कारोबार भएको छ।

त्यस्तै एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको ३५ करोड, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको ३१ करोड र नेपाल रिइन्स्योरेन्सको २८ करोड मूल्य बराबरको सेयर कारोबार भएको छ।

सबैभन्दा बढि बैंकिक समूहको उपसूचक वृद्धि भएको छ। सो समूहको उपसूचक १.६८ प्रतिशतले बढेको हो।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *