असार २४ काठमाडौं ।
भोटेकोशीमा आएको बाढीले मितेरी पुल बगाउदा नेपाल–चीन बिचको सडक बन्द भएको छ। २०७६ जेठ देखि सञ्चालनमा आएको पुल बाढीले बगाउँदा दुई देशबीचको सडक सञ्जाल विच्छेद भएको हो।
चिनियाँ लगानीमा निर्माण भएको उक्त पुल २०७२ सालमा आएको भूकम्पले थप क्षति गरेपछि पुलको पुनर्निर्माण तिब्बत इन्जिनियरिङ कम्पनी लिमिटेड तान सुन रोड एण्ड ब्रिजले गरेको थियो।
यस अघि पहिरोका कारण प्रभावित हुँदै आएको व्यापार बाढीले पुल नै बगाएपछि अब अनिश्चित भएको छ। बढी पहिरोको विषमा चीनस्थित महावाणिज्यदूत तथा सीमामा रहेका चिनियाँ अधिकारीहरुसँग कुरा भइरहेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताएका छन्।
बाढीका कारण सीमानाका बन्द हुनुका साथै त्यहाँ पुग्ने सडक सञ्जाल समेत क्षतविच्छेत भएको छ। बाढीले सीमामा रहेका चार्जिङ स्टेसन, रसुवागढी जलविद्युत् आयोजना लगायत संरचनाहरुमा पनि क्षति पुर्याएको छ।
बाढीपहिरोले रसुवागढीसम्म पुग्ने सडक सञ्जाल पनि अवरुद्ध भएकाले विपदमा परेकाहरुलाई राहत तथा उद्धारमा समेत समस्या भएको बताएका छन्।