असार २४ काठमाडौँ ।
रसुवामा आएको बाढीले विद्युत् उत्पादन बन्द भएको छ। बाढीले झन्डै २ सय मेगावाट विद्युत बन्द भएको हो। नेपाल विद्युत् प्राधिकरणका अनुसार उत्पादन क्षेत्रमा ठूलो क्षति पुर्याएको बताएको छ।
चिलिमे, त्रिशूली ३ ’ए’ र त्रिशूली ३’बी’ मा क्षति, रसुवागढी जलविद्युत् आयोजनाको हेडवक्र्समा १११ मेगावाटको क्षति पुगेको प्रवक्ता ढकाले बताएका छन्।
त्रिशूली ३ ’ए’ को तीन वटा हेडवक्र्स बगाएको र त्रिशूली ३ ’बी’ को हब सबस्टेसन पनि बाढी पसेपछि बन्द गरिएको प्राधिकरणले जनाएको छ। बन्द भएको चिलिमे २२ मेगावाट, त्रिशूली ३ ’ए’ ६० र त्रिशूली ३ बी ३७ मेगावाटका परियोजना हुन्।
रसुवागढीस्थित भोटेकोशीमा आएको बाढीले भौतिक संरचनामा ठूलो क्षति पु¥याएको भने नेपाल–चीन जोड्ने मितेरी पुल पूर्ण रूपमा बगिसकेको छ।
Post Views: 106