देशभर असार पन्ध्रसम्म १५ प्रतिशत मात्र धान रोपाइँ

असार १५ काठमाडौं ।
देशभर असार पन्ध्रसम्म १५ प्रतिशत मात्र धान रोपाइँ सम्मन्न भएको छ। १३ असारसम्म १ करोड ३९ लाख १३ हजार २१ हेक्टर मध्ये २ लाख १७ हजा २ सय ८९ हेक्टरमा मात्र रोपाइँ भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको कृषि विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरेको छ।

गत वर्ष १४ असारसम्म १७.२ प्रतिशत रोपाइँ भएकोमा यस वर्ष सोही अवधिमा १५.६ प्रतिशत मात्रै भएको हो। सबैभन्दा बढी रोपाइँ सुदूरपश्चिम प्रदेशमा कुल रोपाइँ क्षेत्रफलको ४५.५ प्रतिशत, कर्णाली प्रदेशमा ३९.१ प्रतिशत, लुम्बिनी ९.७, गण्डकी १३.८, बागमती २०.५, मधेस ३.९ र कोशी प्रदेशमा १४.३ प्रतिशत रोपाइँ सम्पन्न भएको तथ्यांकमा उल्लेख छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *