असार ५ काठमाडौं ।
गायक पशुपति शर्माले ‘झोले’ गीत सार्वजानिक भएको छ। शर्माले व्यंग्यात्मक गीत त तैं, झोले त मैं नयाँ गित युटुयुबमा सार्वजानिक गरेका छन्।
गायक पशुपति शर्माले नयाँ गीत ‘झोले त तैं, झोले त मैं’ युट्युबमा सार्वजनिक गरेका हुन्। ५ मिनेटको गीतमार्फत वर्तमान राजनीतिप्रति व्यंग्या गरेका छन्।
गीत रिलिज भएपछि सामाजिक संजालमा चर्चा सुरु भएको छ। केहि साता अघि नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘म झोले हो’ भनेर सामाजिक सञ्जालमा अभियान चलाए पछि नेता कार्यकर्ताहरुले पनि ‘झोले हो’ पोस्टर सेयर गरेका थिए।
पशुपति शर्माले त्यही शब्दलाई लिएर आकर्षक गीत तयार पारेका छन्। गीत सार्वजनिक भएपछि थुप्रै कोणबाट क्रिया प्रतिक्रिया जनाईरहेका छन्।
गीतमार्फत सामाजिक समस्या, विभेद तथा राजनीतिक यथार्थ उठान गर्ने गायक पशुपति शर्माको गीतले वर्तमान राजनीतिक र सामाजिक यथार्थलाई व्यंग्यात्मक शैलीमा चित्रण गरेको छ।
नेताको गुणगान गाउने नि तैं
तिनैको पछि लाउने नि तैं
भ्रष्टलाई देउता मान्ने नि तैं
¥यालीमा ढुंगा हान्ने नि तैं
केपी नि सहि, देउवा नि सहि
प्रचण्ड सहि, रवि नि सही
खराब त तैं, खराब त मैं