जेठ १२ काठमाडौँ ।
आज माओवादी केन्द्र र नेसपा बिच पार्टी एकता हुँदै। नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी बिच एकता हँुने भएको हो।
आइताबार नेसपाले नेकपा माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेको थियो। आज ललितपुरको ग्वार्को खरिबोटस्थित कान्तिपुर ब्यांक्वेटमा एकता घोषणा कार्यक्रम तय गरिएको हो।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका शीर्ष नेताहरुले सम्बोधन गर्ने तय भएको जनाएको छ।
Post Views: 12