वैशाख २४ काठमाडौं ।
आज सेयर बजार नेप्से परिसूचक २६७३.६९ बिन्दु कायम भएको छ। सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको हो।
कारोबार रकम १० अर्ब ५१ करोड ८४ लाख ६ हजार ३ सय ५२ रुपैयाँ पुगेको छ। आज सबै उपसमूहको मूल्य बढेको छ। आज सेयर बजार २.३८ प्रतिशतले उकालो लागेको हो।
नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेस्ट माइक्रोलाइफ इन्स्यारेन्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढेको छ। न्यादी हाइड्रो, लक्ष्मी भ्यालु फन्ड, मुक्तिनाथ डिबेन्चर जस्ता धितोपत्रको मूल्य सबैभन्दा धेरै घटेको छ।
बुटवल पावर कम्पनी, ओम मेगाश्री फर्मास्युटिकल्स, पिपुल्स हाइड्रो सहित धितोपत्रका लगानीकर्ताले आज धेरै कमाएका छन्।
Post Views: 8