चितवन सौराहामा आन्तरिक पर्यटकको चहलपहल बढ्दो

चैत ३० काठमाडौं ।
चितवनको सौराहामा आन्तरिक पर्यटकको चहलपहल बढ्ना थालेको छ। नयाँ वर्षा मनाउनका लागि पर्यटकीय क्षेत्र चितवन सौराहामा आन्तरिक तथा बाह्य पर्यटक आउन थालेका हुन्।

लामो समययता पर्यटकको सङ्ख्या न्यून रहेको सौराहामा नेपाली नयाँ वर्ष मनाउनका लागि केहि दिनयता पर्यटकको सङ्ख्या बढ्दै गएको जनाएको छ।

नयाँ वर्ष प्रारम्भसँगै सौराहा आउने पर्यटक चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा हात्ती, जीप, पैदल, डुङ्गा सयर गर्ने गर्दछन्। जङ्गल सफारीका लागि सौराहा विश्वप्रसिद्ध पर्यटकीयस्थल मानिएको छ।

सौराहामा नयाँ वर्ष मनाउन आउने पर्यटकको सङ्ख्या बढ्दै गएको क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष ओमप्रकाश पाण्डेले जनाएका छन्। माघयता कम हुँदै आएको पर्यटकको संख्या नयाँ वर्ष लागे पछि चहलपहल बढेको छ।

शुक्रबार र शनिबार परेकाले पनि पर्यटकको आगमन क्रमशः बढ्दै गएको सङ्घका पूर्वअध्यक्ष सुमन घिमिरेले बताएक छन्। सौराहा आएका पर्यटकमध्ये आधाभन्दा बढी विदेशी रहेका छन्।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *