आज सगरमाथा क्षेत्र बेस क्याम्पमाथि हिमपहिरो

चैत २७ काठमाडौं ।
आज सगरमाथा क्षेत्र बेस क्याम्पमाथि हिमपहिरो गएको छ। सोलुखुम्बुस्थित सगरमाथा बेस क्याम्प क्षेत्रमा ठूलो हिमपहिरो गएको हो।

हिमपहिरोले सगरमाथा चढ्ने बाटोमा क्षति पु¥याएको जनाएको छ। हिमपहिरोले प्रथम क्याम्प जाने बाटोका भर्याङ र डोरीहरु पुरिएको पर्यटन विभागका सूचना अधिकारी लीलाधर अवस्थीले जनाएका छन्।

४ वटा भ¥याङ र चढ्ने डोरीहरू पुरिएको जनाएका हुन्। हिमपहिरोले भ¥याङ र डोरीमा क्षति पु¥याएपछि सगरमाथा चढ्ने कार्य केही दिनका लागि स्थगित गरिएको जनाएका छन्।

हिमपहिरोका कारण त्यस क्षेत्रमा अहिले ३५ किलोमिटर प्रतिघन्टाको हावा चलिरहेको जनाएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *