चैत २४ काठमाडौं ।
आज देखि ताप्लेजुङ सुकेटार विमानस्थलमा हवाई सेवा सुरु भएको छ।
करिब चार महिनादेखि नेपाल वायुसेवा निगमका दुई जहाजमा समस्या आएपछि बन्द भएको उडान आज बाट पुनः सुचारु भएको हो।
सुकेटार विमानस्थल बाट नियमित उडान बन्द भएको केहि समय पछि आज काठमाडौँ बाट पाँच यात्रु लिएर आएको जहाजले ताप्लेजुङ बाट चार पुरुष र दुई महिला यात्रु गरी छ जनालाई काठमाडौँ लिएर गएको सुकेटार विमानस्थलले जनाएको छ।
लामो समयदेखि हवाई सेवा ठप्प हुँदा आन्तरिक तथा बाह्य पर्यटक, सर्वसाधारणले हवाई सेवा लिन पाएका थिएनन्।
Post Views: 6