नेपालको प्रधानमन्त्री केपी शर्मा ओलीले भेट्य थाइल्याण्डका व्यावसायीहरू

चैत्र २१ काठमाडौँ ।
नेपालको प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डका व्यावसायीहरुसँग भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका बेला आज बैङ्ककमा थाइल्याण्डका वरिष्ठ व्यावसायीहरूको भेटवार्ता भएको हो।

भेटका अवसरमा नेपाली व्यवसायी प्रतिनिधिमण्डलका सदस्यहरू पनि सहभागी भएको जनाएको छ। थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिब तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास(बिम्स्टेक) को छैटौं शिखर सम्मेलनमा भाग लिन मङ्गलबार प्रधानमन्त्री ओली बैङ्कक प्रस्थान गरेका थिए।

थाइल्याण्डका प्रधानमन्त्री पेथोङ् थान् शिनावात्को मैत्रीपूर्ण निमन्त्रणामा २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै थाइल्याण्ड प्रस्थान गरेका हुन्।

भेटका क्रममा प्रधानमन्त्री ओली र थाई समकक्षीबीच नेपाल–थाइल्याण्ड सम्बन्धका विविधि विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओली भोलि चैत २२ गते बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुनेछन्।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *