जेलेन्स्की र ट्रम्पको विवादपछि अमेरिकाले युक्रेनलाई सैन्य सहयोग रोके

फागुन २० काठमाडौं ।
जेलेन्स्की र ट्रम्पको विवादपछि अमेरिकाले युक्रेनलाई दिईरहेको सैन्य सहयोग रोक्न आदेश दिएको छ।

विवाद पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई दिइने सबै सैनिक सहयोग रोक्न आदेश दिएका हुन्। ट्रम्पको यो आदेशसँगै भोलोदिमिर जेलेन्स्की थप दबाबमा परेका छन्।

ओभल अफिसमा युक्रेनी राष्ट्रपतिसँग भएको तनावपूर्ण बैठकको पछि ट्रम्पले उक्त निर्णयले भोलोदिमिर जेलेन्स्की थप दबाबमा परेको छन्। ब्लुम्बर्गका अनुसार यसले युक्रेनको सबैभन्दा महत्त्वपूर्ण सहयोगी देशको समर्थन अनिश्चित बनेको छ।

संयुक्त राज्य अमेरिकाले अहिले युक्रेनलाई दिइरहेको सबै सैनिक सहयोग रोक्ने निर्णय गरेको छ। यो सहयोग युक्रेनी नेताहरूले शान्तिप्रति ईमान्दार प्रतिबद्धता नदेखाएसम्म रोकिने ट्रम्पले बताएका छन्।

लन्डनमा युरोपेली मित्रराष्ट्रहरूसँगको वार्तापछि आइतबार पत्रकार सम्मेलनमा जेलेन्स्कीले युद्धविरामले युद्ध अन्त्य गर्ने विचारलाई ‘पर्याप्त नभएको’ भन्दै खारेज गरेका हुन्।

 

 

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *