फागुन ९ काठमाडौं ।
नेकपा एकीकृत समाजवादी पार्टीले १३ बुँदे आचारसंहिता सार्वजानिक गरेको छ।
नेकपा एकीकृत समाजवादीले पार्टीका नेता तथा कार्यकर्ताको आचरण र व्यवहार बारे १३ बुँदे आचारसंहिता जारी गरेको हो।
आचारसंहितामा मार्गनिर्देशक सिद्धान्त, मूल्य मान्यता, आचरण, नैतिकता, व्यवहार, जिम्मेवारी, जवाफदेहिता, अध्ययनशीलत, अनुशासनको पालना लगायतका विषय समावेश गरिएको छ।
आज पार्टीको ललितपुरमा सुरु भएको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकमा अध्यक्ष माधव कुमार नेपालले १३ बुँदे आचारसंहिता पेस गरेका हुन्।
Post Views: 33