काठमाडौं प्रदूषित शहरको दोस्रो नम्बरमा

फागुन १ काठमाडौं ।
काठमाडौं प्रदूषित शहरको दोस्रो नम्बरमा परेको छ। काठमाडौं विश्वको दोस्रो प्रदूषित शहर बनेको हो।

आईक्यू एअरले विश्वभरको मुख्य मुख्य क्षेत्र मापन गर्दा काठमाडौंको वायु प्रदूषण १९६ एक्यूआई रहेको जनाएको छ।पाकिस्तानको कराची २१५ एक्यूआईसहित प्रदूषित शहरमध्ये पहिलो नम्बरमा छ।

नेपालमा भने पोखराको वायु प्रदूषण लगातार दोस्रो दिन पनि देशकै शीर्ष स्थानमा रहेको छ। बिहान साढे १० बजेसम्म पोखराको वायू प्रदूषण १९० एक्यूआईसहित रेड जोनमा छ।

वातावरण विभागका अनुसार पोखरा पछि दोस्रो स्थानमा काठमाडौंको शंखपार्क दोस्रो र भरतपुर तेस्रो स्थानमा छ। दुवैको वायु दूषण १८२ एक्यूआई मापन गरिएको छ।

त्यस्तै भक्तपुर (१६९), धनगढी (१६७), रत्नपार्क क्षेत्र (१६३), हेटौंडा (१५९) र खुमल्टार (१५९) एक्यूआई वायु प्रदूषण मापन गरिएको छ। ५० एक्यूआईभन्दा माथि प्रदूषण सूचकांक कटेमा उक्त वायुलाई अस्वस्थ मानिन्छ।

वातावरण विभागका अनुसार ०–५० राम्रो ५१–१०० मध्यम, १०१–१५० हुँदा अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ र ३०१ एक्यूआई भएमा खतरनाक तहमा पुगेको मानिन्छ।

 

 

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *