माघ २८ काठमाडौं ।
दाङमा सिमसार क्षेत्रको संरक्षणले चराचरुङ्गीको सङ्ख्या बढ्न थालेको छ। सिमसार क्षेत्रको संरक्षणले पानीमा आश्रित स्वदेशी तथा विदेशी चराचुरुङ्गीको सङ्ख्या बढ्न थालेको हो छ।
दाङको घोराही उपमहानगरपालिका– १७ कर्जाहीमा सात वर्ष अघिसम्म कुनै जलाशय नहुँदा सुक्खापन बढाइरहेको थियो।
प्रदेश र स्थानीय सरकारले बजेट दिएपछि स्थानीयको पहलमा गाउँँ नजिकैको सामुदायिक वन क्षेत्रमा रहेको सिमसार क्षेत्रक संरक्षणमा जलाशय बनेको थियो।
अहिले सोही जलाशय मानिसको मात्र नभइ स्वदेशी तथा विदेशी चराको आकर्षणको केन्द्र बनेको जलाशय उपभोक्ता समिति अध्यक्ष छित्रु चौधरीले बताएका छन्। आगुन्तुक चरा आउने गरे पनि यसको संरक्षणका लागि सरकारीस्तरबाट पनि काम गर्न आवश्यक रहेको बताएका छन्।
उनले भने, ‘जलाशय त बन्यो विदेशी चरा आएका छन्, यसको संरक्षण कसरी, कहाँ गएर गर्ने भन्ने अझै अन्योल छ।’ जलाशयबाट सिँचाइ गर्ने काम भए पनि चरा संरक्षणका लागि धेरै काम गर्न बाँकी रहेको बताउँछन्।
कृत्रिम जलाशय, सीमसारसँगै बबई नदी आसपासमा विदेशी आगन्तुक चराको उपस्थिति लोभ लाग्दो रहेको दाङमा पाइने चरा र आगन्तुक चराको बारेमा अध्ययन गर्दै आउनुभएका लालमणि रेग्मीले बताएका छन्।
नेपालमा चीन, पूर्वी युरोप, मङ्गोलिया, रुस, साइबेरिया तथा कोरियालगायतका ठाउँबाट चिसो छल्न चरा नेपाल आउने गरेका छन् । तीमध्ये धेरैजसो चरा दाङका जलाशयमा भेटिन्छन्।
चरा असोज तथा कात्तिकमा आइपुग्ने र बढीमा छ महिनासम्म बस्ने गरेको चरा विज्ञ चिरञ्जीवी खनालले बताए। दाङमा २८ प्रजातिका जलपक्षी पाइने गरेको जलपक्षी तथा वन्यजन्तु संरक्षणकर्मी खनालले बताएका छन्।