मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्रीको संवाद

माघ २५ काठमाडौँ।
आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशको मुख्यमन्त्रीहरुसँग संवाद गरेका छन्।

मन्त्रिपरिषद्को कार्यालयको ‘एक्सन रूम’ बाट प्रधानमन्त्री ओलीले सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग भर्चुअल बैठकमा गरेको बताएका हुन्।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशका सोचबारे विमर्श गर्ने र समस्याको पहिचान गरी कार्यान्वयन गर्ने बताएका छन्।

प्रधानमन्त्री ओलीले, ‘सेवा प्रवाह, सुशासन, समग्र प्रगति, विद्यमान चुनौती र सङ्घीय सरकारले गर्नुपर्ने सहजीकरणका विषयमा सरकार प्रदेश सरकारसँग सधैं हातेमालो गर्न तयार रहेको समेत बताएका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ‘एक्सन रूम’ बाट प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरूसँग पहिलो पटक संवाद गरेका हुन्।

संवादमा मुख्यमन्त्रीहरूले यस प्रकारको छलफलमा राखिएकामा आभार व्यक्त गर्दै आफ्ना सरकारले चालु आर्थिक वर्षको हालसम्म हासिल गरेका भौतिक र वित्तीय प्रगति, विद्यमान चुनौती र समस्या समाधानका उपायबारे अवगत गराएका छन्।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *