दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति हान डक विरूद्ध पनि महाभियोग

पुस १२ काठमाडौं ।
दक्षिण कोरियाका राष्ट्रपति हान डक सूविरुद्ध पनि महाभियोग लगाएका छन्। आज दक्षिण कोरियाको संसदले कार्यवाहक राष्ट्रपतिविरूद्ध महाभियोग लगाएको हो।

दक्षिण कोरियामा सैनिक कानुन लगाउन असफल भएका यून सुक यौल राष्ट्रपतिलाई महाभियोग लगाइएको दुई साता नबित्दै कार्यवाहक राष्ट्रपति हान डक सूलालाई पनि महाभियोग लगाएका हुन्।

बिबिसीको अनुसार विपक्षी दलहरुले कार्यवाहक राष्ट्रपति सूले यूनविरूद्धको महाभियोग प्रक्रियालाई अगाडि नबढाएको आरोप लगाउँदै कार्यवाहक राष्ट्रपतिवरूद्ध पनि महाभियोग प्रस्ताव दर्ता गरेका थिए।

आज भएको मतदानमा १९२ जनाले महाभियोग प्रस्तावको पक्षमा मतदान गरेपछि महाभियोग पारित भएको जनाएको छ।

दक्षिण कोरियामा राष्ट्रपतिसँगै कार्यवाहक राष्ट्रपति पनि महाभियोग बाट बाहिरिएको यो पहिलो राजनीतिक घटना हो। यून हटाईए पछि प्रधानमन्त्री समेत रहेका हान डक सूलाई कार्यवाहक राष्ट्रपति तोकेको थियो।

महाभियोगको सूचना संवैधानिक अदालतमा पु¥याइएपछि कार्यवाहक राष्ट्रपतिको पद निलम्बनमा पर्ने छ।

अब उपप्रधानमन्त्री एवम् वित्त मन्त्री चोई साङ मकलाई कार्यवाहक राष्ट्रपति बनाउने तयारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

 

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *