आज संसदीय समितिको बैठक बस्दै

पुस ५ काठमाडौं ।
आज चार वटा संसदीय समितिको बैठक बस्ने भएको छ।

संघीय संसद सचिवालयको अनुसार प्रतिनिधि सभा अन्तर्गतका दुई र राष्ट्रिय सभाका दुई गरि चार समितिको बैठक बस्ने भएको हो।

महिला तथा सामाजिक मामिला समितिको बैठकमा उपसमितिहरूको कार्य प्रगति समीक्षा सम्बन्धमा छलफल हुने र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८० का सम्बन्धमा छलफल हुने भएको छ।

बैठकमा नेपाल कानुन व्यवसायी परिषद (दोस्रो संशोधन) विधेयक २०८१ मा विज्ञसँग छलफल गर्ने कार्यसूची छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *