पुस १ काठमाडौँ ।
आज कोरम नपुगेको भन्दै प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठक स्थगित भएको छ।
बैठकमा सत्ता पक्षीय सांसदहरूको उपस्थिति न्यून भएपछि बैठकका लागि गणपूरक सङ्ख्या नपुगेको हो।
आजको बैठकमा सुरक्षित कारोबार ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल गर्ने कार्यतालिका रहेको थियो।
१२ जना उपस्थित भए बहुमत पुग्ने बैठमा ११ जना सांसद मात्र उपस्थित भए पछि बैठक स्थगित भएको हो।
अर्को सूचना नआएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिइएको छ।
Post Views: 41