मंसिर २४ काठमाडौं ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव मोहम्मद गुलाम सरवर र उपराष्ट्रपति रामसहायप्रसाद यादव बिच भेटवार्ता भएको छ।
लैनचौरस्थित उपराष्ट्रपति कार्यालयमा क्षेत्रीय सहयोग, सार्कको भूमिका, अवसर, चुनौती तथा समग्र क्षेत्रीय शान्ति र दिगोपन सम्बन्धमा छलफल भएको उपराष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ।
राष्ट्रपति यादवले भेटका क्रममा सार्कका महत्वपूर्ण संयन्त्रका बैठक नियमित आयोजना र १९ औँ शिखर सम्मेलनको तदारुकताका साथ आयोजना गर्ने विषयमा छलफल भएको जानकारी गराएका छन्।
सार्कका संस्थागत निर्णय कार्यान्वयन गर्न सदस्य राष्ट्रको साझा प्रतिबद्धता र सहकार्य अपरिहार्य रहेकामा उनले जोड दिएका छन्।
सार्कका महासचिव सरवरले अगामी ‘सार्क चार्टर डे’ का लागि सबै सदस्य राष्ट्रको शुभकामना प्राप्त गरेको उल्लेख गर्दै सार्क मुलुकका विभिन्न चुनौती मिलेर सामना गर्नुपर्ने बताएका छन्।