स्थानीय तह उपनिर्वाचनका लागि आज रातिदेखि मौन अवधि सुरु

मंसिर १३ काठमाडौं ।
स्थानीय तह उपनिर्वाचनका लागि आज रातिदेखि मौन अवधि सुरु हुँदैछ।

मंसिर १६ गते हुने स्थानीय तह उपनर्वाचनका लागि आज राति १२ बजेदेखि निषेधित (मौन) अवधि सुरु हुँने भएको हो।

मतदानको समयभन्दा ४८ घण्टाअघि निषेधित अवधि रहने व्यवस्था अनुसार आज राति १२ बजेदेखि नै लागू हुने गरि मौन अवधि तोकिएको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचनलाई स्वच्छ र निस्पक्ष बनाउनलाई आयोगले मतदानको ४८ भण्टा अघि निषेधित तथा मौन अवधि लागू गर्ने गर्दछ। यस अवधिको पालना भए नभएको बारेमा आयोगले सूक्ष्म अनुगमन गर्ने जनाएको छ।

मौन अवधिका समयमा कुनै पनि उम्मेदवार वा अन्य व्यक्तिले भौतिक वा सामाजिक सञ्जालमार्फत मत माग्नसमेत पाइने छैन।

 

 

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *