इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीको हार

मंसिर ९ काठमाडौं ।
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीको हार भएको छ।

शनिबार राति भएको खेलमा सिटीलाई उसैको मैदानमा टोटनहाम हटस्परले ४–० गोलअन्तरले हराएको हो।

टोटनहामको जितमा जेम्स म्याडिसनले दुई गोल गरे भने पेड्रो पोरो र ब्रेनान जोनसोनले एक–एक गोल गरे। दुवै हाफमा दुई–दुई गोल भएको थियो।

खेलको १३औं मिनेटमा म्याडिसनले गोल गर्दै टोटनहामलाई अग्रता दिलाएका थिए। २०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै उनले टोलीको अग्रता दोब्बर पारे।

दोस्रो हाफको ५२औं मिनेटमा पोरोले गोल गर्दै टोटनहामलाई ३–० को अग्रता दिलाउँदा इन्जुरी समयमा जोनसोनले गोल गरेपछि टोटनहाम ४–० ले विजयी भयो।

यस हारपछि सिटी १२ खेलमा २३ अंक जोड्दै दोस्रो स्थानमा यथावत् छ भने एक खेल कम खेलेको शीर्षस्थानको लिभपरपुलसँग ५ अंकको दूरी भइसकको छ। जितपछि टोटनहाम भने १९ अंकसहित छैटौं स्थानमा उक्लिएको छ।

जारी सिजन सिटीको यो लगातार पाँचौं हार हो।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *