मंसिर ८ काठमाडौं ।
भारतको लोकसभा सदस्यमा प्रियंका गान्धी निर्वाचित भएकी छन्।
भारत केरल राज्यको वायनाड लोकसभामा कंग्रेस आईकी उम्मेदवार प्रियंका गान्धी निर्वाचित भएकी हुन्।
गान्धीले निकटतम प्रतिद्वन्द्वी सिपिआईका सथ्यन मोकेरीले २ लाख ११ हजार ४०७ मत ल्याए भने भारतीय जनता पार्टीकी नाभ्या हरिदासले १ लाख ९ हजार ९३९ मत मात्रै ल्याइन्।
शनिबार सम्पन्न मतगणना अनुसार गान्धी ६ लाख २२ हजार ३३८ मत प्राप्त गर्दै वायनाडबाट निर्वाचित भएकी हुन्।
साथै गान्धी परिवारबाट संसद प्रवेश गर्ने तेस्रो व्यक्ति बनेकी छन्।
प्रियंकाले वायनाडबाट लोकसभा चुनाव जित्दै गर्दा आफ्ना दाजु राहुल गान्धीको रेकर्ड तोडेकी छन्। अघिल्लो चुनावमा उत्तर प्रदेको रायबरेली र वायनाड दुवै सिटमा निर्वाचित भएपछि राहुलले वायनाड छाडेका थिए।
प्रियंका ४ लाख १० हजार ९३१ मतान्तरले विजयी भएकी हुन्।
Post Views: 29