भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको भ्रमण

मङ्सिर ८ काठमाडौँ ।
भारतीय स्थल सेनाध्यक्षले मुक्तिनाथ मन्दिरको भ्रमण गरेका छन्।

शनिबार द्विवेदीले मुस्ताङस्थित मुक्तिनाथ मन्दिरको भ्रमण गरेका हुन्।

भ्रमणका अवसरमा द्विवेदीले मुक्तिनाथ मन्दिरमा पूजा अर्चना समेत गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

सेनाध्यक्ष द्विवेदीले पोखरास्थित नेपाली सेनाको पश्चिम पृतना हेडक्वार्टरको पनि भ्रमण गरेका छन्। हेडक्वार्टरमा द्विवेदीलाई पृतनापति उपरथी सन्तोष बल्लभ पौडेलले स्वागत गरेका थिए।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *