मङ्सिर ५ काठमाडौं ।
मुस्ताङमा पर्यटकको संख्या बढ्दो छ।
दुई महिनामा एक लाख ७३ हजार पर्यटकले मुस्ताङको भ्रमण गरेका हुन्।
मुस्ताङ जिल्ला प्रहरी कार्यालयको अनुसार असोज र कात्तिक महिनामा एक लाख ४४ हजार १५५ जना स्वदेशी र २८ हजार ९७६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका जनाएको छ।
कार्यालयका अनुसार हवाई तथा स्थलमार्ग भएर असोज महिनामा ५९ हजार ८३१ र कात्तिकमा एक लाख १३ हजार ३०० जना पर्यटक मुस्ताङ भित्रिएको बताए हो।
असोजमा बेनी–जोमसोम सडक भएर ५७ हजार ९८२ र पोखरा–जोमसोम हवाईमार्गबाट एक हजार ८४९ जना मुस्ताङ भित्रिएको जानकारी दिएको हो।
प्रहरीले घाँसामा सडकमार्ग र जोमसोम विमानस्थलको चेक पोष्टमा हवाईमार्गबाट भित्रनेको अभिलेख राख्ने गरेको छ।कात्तिकमा सडकबाट एक लाख ११ हजार ६५५ र हवाईमार्गबाट एक हजार ६४५ जना पर्यटक मुस्ताङ पुगेका प्रहरीको तथ्याङ्क छ।
मुस्ताङ भित्रने विदेशी पर्यटकमध्ये भारतीय धेरै छन्। उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफा मुस्ताङका आकर्षण हुन्।
मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बा ताल लगायत मुस्ताङमा धार्मिक र पर्यटकीयस्थल रहेका छन्।