मङ्सिर ४ काठमाडौं ।
पर्यटन प्रवर्द्धनका लागि इच्छाकामना मन्दिरमा पञ्चमी मेला हुने भएको छ।
इच्छाकामना गाउँपालिका–५ मा अवस्थित प्रसिद्ध धार्मिकस्थल इच्छाकामना मन्दिर परिसरमा पञ्चमी मेलाका अवसर पारेर आज र भोलि विविध सांस्कृतिक कार्यक्रम हुने भएको हो।
मेलाका अवसरमा धार्मिक पर्यटन प्रवर्द्धन गर्न गाउँपालिकाले मन्दिर संरक्षण समिति र त्रिवेणीकला केन्द्र मुग्लिनको सहकार्यमा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिएको हो।
बुधबार बिहान ५ बजे सरकारी पूजासहित नियमित पूजापाठ सुरु हुने छ भने बिहान १० बजे प्रसाद वितरण कार्यक्रम हुने छ।
मन्दिर संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराका अनुसार इच्छाकामना मन्दिरमा हरेक वर्ष पञ्चमीका अवसरमा रातभर मेला लाग्ने र बिहान पूजा आजाका साथै बलि चढाइने परम्परा छ।
रातभर मेला लाग्ने बिहान पूजाआजाका साथै बलि चढाउने प्रचलन छ। मनकामना देवीका सात दिदीबहिनीमध्ये इच्छाकामना एक बहिनी रहेको किंवदन्ती छ।