आज स्थानीय तह उपनिर्वाचनको उम्मेदवारी दर्ता हुँदै

मंसिर २ काठमाडौं ।
आज स्थानीय तह उपनिर्वाचनको लागि उम्मेदवारी दर्ता हुँदै छ।

निर्वाचन आयोगको अनुसार मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज बिहान १० देखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको जनाएको छ।

४४ पदका लागि हुन लागेको उपनिर्वाचनका लागि ३८ स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ।

यसपटक २ जिल्ला समन्वय समिति प्रमुख, एक, एक नगर प्रमुख र उपप्रमुख, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ र ३४ वडाध्यक्ष पदका लागि निर्वाचन हुन लागेको हो।

उम्मेदवारको विरोधमा मंसिर ३ मा उजुरी दिन सकिनेछ भने ४ गते बेलुकाम्म उजुरी उपर जाँचबुझ गरी निर्णय दिनुपर्नेछ।

त्यस्तै मंसिर ५ गते दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन्। भने त्यसै दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन र निर्वाचन चिह्न दिइने आयोगले जनाएको छ।

मंसिर १६ गते बिहान ७ देखि ५ बजेसम्म मतदान हुने छ।

 

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *