राष्ट्र बैङ्कले निर्धारण गर्यो आजको लागि विदेशी मुद्राको विनिमय दर

मङ्सिर १ काठमाडौं ।
नेपाल राष्ट्र बैङ्कले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

नेपाल राष्ट्र बैङ्कको अनुसार अमेरिकी डलर एकको बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा र खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा कायम भएको छ।

स्विस फ्र्याङ्क एकको बिक्रीदर एक सय ५२ रुपैयाँ ५१ पैसा र खरिददर एक सय ५१ रुपैयाँ ८४ पैसा युरोपियन युरो एकको बिक्रीदर एक सय ४३ रुपैयाँ १५ पैसा र खरिददर एक सय ४२ रुपैयाँ ५१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको बिक्रीदर एक सय ७१ रुपैयाँ ६३ पैसा र खरिददर एक सय ७० रुपैयाँ ८७ कायम गरिएको छ।

जापानी येन १० को बिक्रीदर आठ रुपैयाँ ७१ पैसा र खरिददर आठ रुपैयाँ ६७ पैसा, चिनियाँ युआन एकको बिक्रीदर १८ रुपैयाँ ७२ पैसा र खरिददर १८ रुपैयाँ ६४ पैसा, साउदी अरेबियन रियाल एकको बिक्रीदर ३६ रुपैयाँ ४ पैसा र खरिददर ३५ रुपैयाँ ८८ पैसा, कतारी रियाल एकको बिक्रीदर ३७ रुपैयाँ १३ पैसा र खरिददर ३६ रुपैयाँ ९६ पैसाकायम भएको छ।

क्यानेडियन डलर एकको बिक्रीदर ९६ रुपैयाँ ४२ पैसा र खरिददर ९५ रुपैयाँ ९९ पैसा, अष्ट्रेलियन डलर एकको बिक्रीदर ८७ रुपैयाँ ६४ पैसा र खरिददर ८७ रुपैयाँ २५ पैसा, सिङ्गापुर डलर एकको बिक्रीदर एक सय एक रुपैयाँ ९५ पैसा र खरिददर एक सय एक एक रुपैयाँ ५१ पैसा निर्धारण गरिएको छ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *