कात्तिक ५ काठमाडौं ।
सेयर बजारको परिसूचक नेप्से बजार घट्दा कारोबार रकम घटेको छ।
नेप्से ५७.९९ अंक घट्दा सो अंकको कमीपछि नेप्से २६३९ मा कायम भएको छ । सेयर बजार परिसूकचक नेप्से आज ५ अर्ब ९० करोडको कारोबार भएको छ।
सबै क्षेत्रका सूचक घटेका हो। फाइनान्स सबैभन्दा धेरै ३.३८ प्रतिशत घट्यो। बैंकिङ २.३०, विकास बैंक १.७८, लगानी २.५१, जीवन बीमा २.१५, होटल तथा पर्यटन १.६६, हाइड्रोपावर २.०५, उत्पादन १.६५, माइक्रोफाइनान्स १.८९, निर्जीवन बीमा १.७६, अन्य २.३४ र व्यापार समूह ०.२८ प्रतिशत घटेको छ।
त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको ९.८, कालिका लघुवित्तको ५.५ पिपुल्स हाइड्रोपावरको ४.८४, मानुषी लघुवित्तको ३.९९ प्रतिशत मूल्य बढ्यो। विन नेपाल लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो।
इस्टर्न हाइड्रोपावरको ४.७, ङादी ग्रुप पावरको ९.२, गुडविल फाइनान्सको ५.६, छ्याङ्दी हाइड्रोको ४.७, गोर्खाज फाइनान्सको ४.६ प्रतिशत मूल्य घट्यो।