असोज २० काठमाडौं ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले शनिबारसम्म देशका विभिन्न जिल्लाहरूमा रहेको शाखा कार्यालय मार्फत खसी–बोका र च्याङ्ग्रा संकलन गरि बिक्री वितरण सुरू गरेको छ।
कम्पनीले खसी–बोका र च्याङ्ग्रा संकलन गरेर काठमाडौं ल्याएको थियो। थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी परिसरमा आज बिहानदेखि खसी बोकाको विक्री वितरण सुरू गरेको छ।
दसैं तिहार लक्षित गरि विभिन्न जिल्लाका किसानहरूसँग खसीबोका किनेर काठमाडौंमा ल्याई बजारमूल्य भन्दा सहुलियतमा उपभोक्ताहरूलाई बिक्री वितरण कम्पनीले गरेको हो।
Post Views: 123